site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अग्रजको आवाजमा अनुजका कविता वाचन

काठमाडौं । साहित्यिक संस्था एपेक नेपालले ‘मलाई मनपरेको कविता’ को तेस्रो शृङ्खला सम्पन्न गरेको छ । शुक्रबार पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न उक्त शृङ्खलामा १५ जना अग्रज कविहरूले अनुज कविहरूका कविता वाचन गरेका हुन् । 

कार्यक्रमको उद्घाटन गर्दै कविवर बैरागी काइँलाले विवश पोखरेलको चर्चित कविता ‘बग्दै बग्दै जानु’ वाचन गरे । त्यस्तै, उषा शेरचनले बाबु त्रिपाठीको ‘गाउँमा’, वसन्त चौधरीले दीप दर्पणको ‘धर्म’, विधान आचार्यले सुदेश सत्यालको ‘फर्केर आउ घर’, मञ्जु काँचुलीले मोमिलाको ‘दुर्गम उचाई’, शैलेन्द्र साकारले मणिराज सिंहको ‘शून्यताले जब चिमोट्न थाल्छ’ वाचन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शृङ्खलामा विश्वविमोहन श्रेष्ठले मौन आवाजको ‘आधा’, अशेष मल्लले असीम सागरको ‘सडकको आवाज’, राधेश्याम लेकालीले फूलमान बलको ‘बाटो’, लक्ष्मी मालीले अनिता लामाको ‘आगोको फूल’, राजेन्द्र शलभले प्रज्वल अधिकारीको ‘पाठशाला’, प्रह्लाद पोखरेलले छन्दकवि प्रभा भट्टराई आचार्यको ‘खै म के भनुँ’, किशोर पहाडीले मुरारी सिग्देलको ‘करुणामय काठमाडौं’, स्नेह साय्मिले प्रकाश गुरागाईंको ‘अदृश्य हात’ र कवि तुलसी दिवसले रावतको ‘मायालुसँग’ वाचन गरे ।

तुलसी दिवसले कुनै पनि कवितालाई वाचनले जीवन्त बनाउने भन्दै कवितामा जेठो कान्छो नहुने चर्चा गरे ।

एपेकका विश्वविमोहन श्रेष्ठले कविता शृङ्खलाको चर्चा गर्दै आगामी दिनमा यो परम्परालाई निरन्तरता दिने बताए । 

कार्यक्रमको थालनीमा सरोद वादक रूपा न्यौपानेले मंगलधुन बजाएर स्वागत गरेकी थिइन् । कविता वाचन अवधिभर उनले र शीतल दाहालले सँगीतको सुमधुर धुनले वातावरणलाई संगीतमय बनाएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्