site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महासंघले बृहत् आर्थिक बहस कार्यक्रम गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले असोज मसान्तभित्र बृहत् आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने भएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा आज आयोजना भएको कार्यकारिणी समितिको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आएपनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले बृहत् बहस आयोजना गर्न लागेको जनाइएको छ ।

नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा सन् २०२३–३२ लाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गरिएको छ ।

सरकारको उक्त प्रयासलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले निजी क्षेत्रका तर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुकासाथै महासंघ तथा यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राखि प्रचार प्रसार गरिने निर्णय गरिएको छ ।

यसैगरी ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा बृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्