site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमान्‌को १० वर्षअघि मृत्यु, श्रीमतीको सम्पत्ति लुट्न जेठाजुले गरे हत्या !

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन रहेका छन् । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कान्तिदेवीसँग रहेको सम्पत्ति लुट्ने उद्देश्यले तीनैजना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए ।

कान्तिदेवीका श्रीमान्‌को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनका एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा थिए ।

आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्