site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘विकल्प : समता, समाजवाद र मुक्त दुनिया’ लोकार्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम कार्की ‘पार्थ’द्वारा लिखित पुस्तक ‘विकल्प : समता, समाजवाद र मुक्त दुनिया’ लोकार्पण गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा किताब विमोचन गरिएको हो ।

कार्यक्रममा उनले देशको अप्ठ्यारो र सजिलो सबै अवस्थामा प्रधानमन्त्री हुनुपर्ने बाध्यकारी अवस्था आएको बताए । समग्र माओवाद र कम्युनिस्ट विचारधाराको रक्षार्थ सबै अवस्थामा जुध्नु परिरहेको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पहिले सर्वहारा वर्गको प्रतिनिधित्व गरेर नेतृत्व गरेँ,” प्रधानमन्त्री प्रचण्डले भने, “अहिले दलाल पुँजीपतिहरूको चाकडी गरेर सरकारको नेतृत्व गरेजस्तो देखिन्छ ।”

समाजमा विचारलाई मर्न नदिन र सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको कार्कीले बताए ।

बुकहिलले प्रकाशन गरेको यो पुस्तकको मोटो गाताको प्रतिमूल्य ९०० रुपैयाँ राखिएको छ । पातलो गाताको प्रतिमूल्य ७०० रुपैयाँ राखिएको बुकहिलले जनाएको ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्