site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माथिल्लो अरुणका निम्ति विश्व बैंकले एक खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजना बनाउन विश्व बैंकले एक खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी भएर आइतबार स्वदेश फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् ।

माथिल्लो अरुण जलविद्युत् आयोजनामा एक खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिन विश्व बैंक सकारात्मक भएको उनले बताए । विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका आकिहिको निसिओसँगको छलफलमा माथिल्लो अरुणमा एक खर्ब ३० अर्ब रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जाहेर भएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अमेरिकी डलर ३०० मिलियन अर्थात् ३९ अर्ब रुपैयाँबराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्ष सहमत भएको जानकारी दिए ।

उनले कोरियाका उपप्रधान एवं अर्थमन्त्री चु क्युङ होसँगको भेटमा कोरियन कम्पनीलाई नेपालमा लगानी गरी लाभान्वित हुन आग्रह गरेको बताए । नेपाली वायुसेवालाई कोरियामा सिधा उडान गर्न दिन चु क्युङसँग आग्रह गरेको उनले जानकारी दिए । भ्रमण फलदायी भएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्