site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकको प्रतिवेदन पेस गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक अपराह्न ४ बजेर ४६ मिनेटमा सुरु हुनेछ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन आ.व. २०७९/८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि, आजै अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै छ । बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्