site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत
फाइल तस्बिर।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्,” उनले भने,, “आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।”

प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए ।

अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनले बताए । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ छ ।

अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्