site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पपीडितलाई एनआरएनएको १० लाख सहयोग 

काठमाडौं । गैरआवसिय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडितलाई पहिलो चरणमा १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

“यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुर्ननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्द छौँ,” एनआरएनएद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । 

“भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्दछौँ,” एनआरएनएले भनेको छ । 

भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा तत्काल जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई समते एनआरएनएले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्