site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको महासचिव देव गुरुङले जानकारी दिए ।

“केन्द्रीय समितिको तर्फबाट ५० लाख राहत रकम दिने निर्णय गरेका छौँ,” उनले भने, “प्रदेश कमिटीहरूलाई पनि राहत रकमका लागि अपिल गर्छौं ।”

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्