site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूकम्प पीडितलाई राहत वितरणमा ढिलाइ भएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन तहको सरकारबीच समन्वय नहुँदा भूकम्प पीडितका लागि राहत वितरण फितलो भएको बताएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले तीन तहका सरकारबीच समन्वय गर्न आग्रह गरिएको बताए । 

“पछिल्ला दिनमा राहत वितरणको चरणमा आइपुग्दा तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेका छन्,” उनले भने, “यो बैठक भूकम्प प्रभावितका लागि समस्या समाधानमा गम्भीर भएर आपासी समन्वय बढाउन तीनै तहका सरकासँग आग्रह गर्दछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूकम्प गएको एक साता बित्दा पनि खानेकुरा, त्रिपाल, कम्बल पुर्‍याउने कुरामा ढिलासुस्ती भएकोमा घोर भर्त्सना गरेको उनले बताए ।

न्यायोचित राहत वितरण गरेर जनतालाई जोगाउन रास्वपाको आग्रह छ । रास्वपाले वर्षाअघि आवास पुनर्निर्माण नभए गाह्रो हुने भएकाले पुनर्निर्माण र पुनर्स्थापनाको काममा छिटो लाग्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्