site stats
बाह्रखरी :: Baahrakhari
देश
४८ वर्षअघि सवाकरोडबाट सुरु सैनिक कल्याणकारी कोषको सम्पत्ति पौन एक खर्ब पुग्यो
नेपाली सेनाको मुख्यालय । फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेनाले ४८ वर्षअघि सुरु गरेको सैनिक कल्याणकारी कोषको सम्पत्ति अहिले ७७ अर्ब ६१ करोड एक लाख रुपैयाँ पुगेको छ । सेनाका अनुसार ०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो ।

बहालवाला सैनिक, भूतपूर्व र तिनका आश्रित परिवारको बृहत्तर हितलाई दृष्टिगत गरी ४८ वर्षअघि कोषको स्थापना गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनार्थ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा सहभागी भएबापत प्राप्त करिब एक करोड २५ लाख रुपैयाँ राखी सो कोष स्थापना गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड एक लाख पुगेको सेनाले जनाएको छ ।

गएको असार मसान्तसम्म कोषमा नगद मौज्दात ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ थियो । कोषले विभिन्न क्षेत्रमा ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ लगानी गरेको सेनाले जनाएको छ ।

कोषका हिताधिकारीको संख्या करिब १० लाख छ । कोषलाई बढी प्रभावकारी बनाउन ‘कल्याणकारी भिजन–२०३०’ तयार गरी कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको सेनाले जनाएको छ ।

कोषले हिताधिकारीको स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ ।

 कोषमा ०७० सम्म २३ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको थियो भने ०७४ सालमा यो रकम बढेर ३४ अर्ब ५६ करोड रुपैयाँ पुगेको थियो ।

पछिल्ला पाँच वर्षमा कोषमा रकम दुईगुनाभन्दा बढीले बढेको छ । ०७५ सालमा ३५ अर्ब ७७ करोड रहेको कोषको सम्पत्ति ०८० मा आइपुग्दा बढेर ७७ अर्ब ६१ करोड रुपैयाँ नाघेको छ । पछिल्ला वर्षहरूमा कोषको सम्पत्ति वार्षिक करिब १० अर्ब रुपैयाँका दरले बढेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्