site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एमडीएमएसबाट बन्द भएका फोन तत्काल नखुल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक २० गतेदेखि मोबाइल डिभाइ म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका फोन ब्लक गर्न थालेको छ ।

पहिलोपटक प्राधिकरणले एक हजारभन्दा बढी आइफोन र अन्य महँगा एन्ड्रोइड फोन ब्लक गरेको थियो । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोनहरु क्रमशः बन्द गर्दै जाने बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमडीएमएसमा दर्ता नभएका फोन ब्लक हुन थालेसँगै ब्लक भएका फोन प्रयोगकर्ताले कर तिरेर आफ्नो फोन अनब्लक गर्ने विकल्पबारेको व्यवस्थाका विषयमा जिज्ञासा व्यक्त गरेका छन् ।

कसरी खुल्छ एमडीएमएसबाट ब्लक भएको फोन ?

प्राधिकरणले दूरसञ्चार सेवा अवरुद्ध गरेको वा ब्लक गरिएको फोन अनब्लक गर्ने वा खुला गर्न तत्काल व्यवस्था नभएको बताएको छ । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले प्रतिबन्ध लागेका फोन कर तिरेर कसरी खुलाउने भन्नेबारे तयारी भइरहेको बताए ।

“एमडीएमएसबाट ब्लक गरिएका फोन कर तिरेको अवस्थामा कसरी खुलाउने भन्ने कार्यविधि बनेको छ । अब, त्यसतर्फ काम भइरहेको छ । त्यो व्यवस्था भएपछि फोन अनब्लक गर्न सकिनेछ,” प्राधिकरणका सहायक प्रवक्ता मिश्रले भने ।

नेपालमा करिब ५० लाखको संख्यामा एमडीएमएसमा दर्ता नभएका फोन रहेको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन खोजेको प्राधिकरणले कात्तिक २० देखि मात्रै थोरै–थोरै संख्यामा गरेर फोन ब्लक गर्न थालेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्