site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा मुस्लिम समुदायको धार्मिक सभा स्थगित
इटहरीको दृश्य । फाइल तस्बिर ।

विराटनगर । सुनसरीमा मुस्लिम धर्मावलम्बीको इज्तेमा (धार्मिक सभा) स्थगन गरिएको छ । सुरक्षा संवेदनशीलता देखाउँदै प्रशासनले इटहरी र दुहवीमा हुने तय गरिएको सभा गर्न अनुमति नदिएको हो ।

सभाको तयारी तीव्र हुँदाहुँदै सुरक्षाको कारण देखाएर प्रशासनले इजाजत नदिएको बताइएको छ । इज्तेमामा मुस्लिम धार्मिक गुरुहरूले कुरान र नवाजका बारेमा प्रवचन दिने गर्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले तत्काललाई सभा स्थगन गरिएको जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाको खनारमा यही मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म इज्तेमा कार्यक्रम गर्ने तय गरिएको थियो । गृह मन्त्रालयले इजाजत नदिएपछि इज्तेमा स्थगन गरिएको जनाइएको छ ।

सुरक्षा र अरू अवस्था उचित भएपछि सभा आयोजना गर्न दिइने भन्दै आयोजकलाई संयम रहन आग्रह गरिएको छ ।

सोमबार राजनीतिक दलका जिल्ला तहका नेताले संयुक्त अपिल प्रकाशित गरी वर्तमान अवस्था र यसको संवेदनशीलताबारे जानकारी गराएका छन् । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, नेकपा (एमाले) सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र) सुनसरीका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनसरी प्रतिनिधि मनोजकुमार चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेत र जनता समाजवादी पार्टी (जसपा) सुनसरीका अध्यक्ष भगिरथ खत्वेले संयुक्त अपिल प्रकाशित गरी वर्तमान सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन गरिएको जनाएका छन् ।

afd-1700474479.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्