site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
व्यक्तिविरुद्ध लागेको भाष्य निर्माण भइरहेको भन्दै एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीलाई व्यक्तिविरुद्ध लागेको भाष्य निर्माण गर्ने चेष्टा भइरहेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार केन्द्रीय कमिटी बैठकपश्चात् पत्रकारसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले युवा संघले बिहीबार गर्ने सरकारविरुद्धको प्रदर्शनको पार्टीले ओनरसीप लिएको पनि जानकारी दिए । उनले सरकारको असफलताको भण्डाफोर गर्ने निर्णय अगाडिनै भइसकेको पनि दाबी गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले गरेका अनेक बेथितिको विरोध गर्छ भनेर हाम्रा अध्यक्षले सरकारलाई जानकारी गराउनुभएकै हो,” उनले भने, “जनसंगठनले आयोजना गरेको कार्यक्रमलाई बढो सालिनतापूर्वक भव्य ढंगले गर्नेगरी पार्टीले ओनरसीप लिएको जानकारी गराउँदछु ।” 

दुर्गा प्रसाईंप्रति संकेत गर्दै उनले एमाले एउटा व्यक्तिको पछि नलागेको पनि जानकारी दिए । 

“एमाले व्यक्तिको विरुद्ध गएको भाष्य निर्माण गरिएको छ, यसप्रति सहमति गरेका छैनौं,” उनले भने ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्