site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, दुई वर्ष कैद

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् । बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई दुई वर्षको कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

न्यायाधीश विनोद खतिवडाको एकल इजलासले हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई दोषी ठहर गरेको हो । दीपकराज ओझाले भने सफाइ पाएका छन् । दोषी ठहर भएकामध्ये आचार्य अमेरिकामा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अदालतले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम दोषीहरूबाट पीडितका लागि २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ ।

चलाउनेमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा २० असोज २०७७ मा आक्रमण भएको थियो ।

उनीहरूविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगको मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्