site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी जोडिए, ४४ अर्ब जम्मा हुँदा ६ अर्ब भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाख २८ हजार ४५३ व्यक्ति र १८ हजार ४३९ संस्थाहरु आवद्ध भएका छन् । सामाजिक सुरक्षा दिवसकाे अवसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोषमा आवद्ध हुनेमा सातै प्रदेशबाट चार लाख ६१ हजार ७९६ जना रहेका छन् भने विदेशबाट चार लाख ६६ हजार ६२२ जना जोडिएका छन् । औपचारिक रुपमा तीनजना र स्वरोजगार ३२ जना कोषमा जोडिएका छन् ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजना मानिसहरु जोडिएको बताएको छ ।

सबै योजनामा गरेर कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ । सामाजिक सुरक्षामा आवद्ध दुई लाख २२ हजार ८०७ जनालाई ६ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

यस्तै, एक लाख १० हजार ३७२ जनाले भुक्तानीका लागि दाबी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्