site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को  प्रस्तावमा भिटो प्रयोग गरेको छ । 

संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन प्राप्त भएको छ । बेलायतले भने उपस्थिति जनाएको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ९९ लाई युद्धविरामको लागि आह्वान गर्न संगठनको सबैभन्दा शक्तिशाली निकायलाई आग्रह गरेका थिए । 

प्रस्तावको पाठमा हमास र इजरायल बीचको लडाई तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत इजरायली र प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न आह्वान गरिएको छ ।  

बैठकमा गुटेर्रेसले मानवीय सहायताको प्रभावकारी वितरणको अवस्था नदेखिएको बताए । गुटेरेसले गाजामा खानाको अभाव भइरहेको चेतावनी दिए ।

उनले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त हुँदै गएको बताए । यो समय उनीहरुका लागि सहयोग गर्ने समय भएको बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्