site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । दाङमा सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका–५, विरेन्द्र चोकस्थित बजारबाट बिल तथा कागजातहरू नभएको सुन जस्तो देखिने पहेँलो धातु एक तोला २.५ लालसहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–३, डाडाकुटी बस्ने २१ वर्षीय शेरबहादुर विश्वकर्मा र १९ वर्षीय रूपलाल विश्वकर्मा रहेका छन्  । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरू नभएका अवैध सुनका गरगहनाहरू बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातुबाट बनेका हाइड्रोलकेट ६ थान, टिकटकमाला आठ थान, बेबी साइडहार ६ थान र औठी २४ थान गरी जम्मा उक्त तौलको धातु फेला बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्