site stats
बाह्रखरी :: Baahrakhari
देश
यी क्षेत्रमा हुनेछ आज हिमपात र वर्षा 
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागले राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्