site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा 

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । 

पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा सन्दीप उच्च अदालतको आदेशबाट देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने आदेश लिएर थुनामुक्त भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उच्च अदालतको आदेशविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन गरेका सन्दीपलाई सर्वोच्चले अनुमति लिएर विदेश समेत खेल्न जान पाउनेगरी आदेश गरेपछि उनी खेल जीवनमा नियमित छन् । सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम सुनुवाइ भन्दै इजलास तोकिएपनि सुनुवाइ हुन सकेको छैन । 

दुवै पक्षको बहस नोट पेस भइसकेको उक्त मुद्दा यसपटक न्यायाधीश ढकालको इजलासमा परेको छ । यसअघि कात्तिक २३ मा अन्तिम पटक सुनुवाइ हुँदा न्यायाधीश केशवराज घिमिरेलेको इजालासले मंसिर २२ भित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो ।

मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढेपनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहसनोट आइसकेपछि अदालतमा संक्षिप्त सुनुवाइपछि फैसला गर्ने अभ्यास छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्