site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टेरामक्स खरिद गर्न प्राधिकरणले मागेको १५ दिनमा मन्त्रालयले पूरक बजेट दिएको खुलासा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको विवादमा आएको योजना टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)का लागि अर्थ मन्त्रालयले १५ दिनमै पूरक बजेट दिएको खुलेको छ ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ७० करोडको पूरक बजेट माग भएको र मन्त्रालयले सहमति दिएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले दूरसञ्चार प्राधिकरणको २०७८ कात्तिक १० गतेको पत्रमा ७० करोड पूरक बजेट माग भएको बताएका हुन् ।

त्यसको १५ दिनमा ०७८ कै कात्तिक २५ मा उक्त बजेटका लागि सहमति दिएको सचिव राउतले बताएका हुन् । उनले बजेटका लागि मन्त्रालयले स्वीकृति दिएकाले आफूहरुको जिम्मेवारी नभएको जिकिर गरे । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्