site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखराविरुद्ध १० खेलाडीमा सीमित ललितपुरको अग्रता

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध १० खेलाडीमा खेलिरहेको ललितपुर सिटी एफसीले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका हुन् । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखे । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

यसअघि पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएपछि पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । 

यता, ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको धनगढीसँग खेल्ने छ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्