site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीले ४९ बुँदामा प्रस्तुत गरे कामको विवरण
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आफूले गरिरहेका कामको विवरण प्रस्तुत गरेका छन् । पार्टी कार्यालय सानेमा शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले मैत्रीराष्ट्रसँगको सम्बन्ध सुदृढ रहेको बताए । 

“वर्तमान सरकारले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ,” उनले बैठकमा भने, “यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ भएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बैठकमा राहदानी सेवा व्यवस्थित गरिएको जानकारी गराए । एक महिनाका लागि अग्रिम अनलाइन आवेदन फाराम खोल्न सुरु गरिएको उनको भनाइ छ । 

“यसबाट राहदानीका लागि सेवाग्राहीको भिड उल्लेख्य मात्रामा घटाउन सकिएको,” भने, “फाराम अस्वीकृत हुने समस्या सम्बोधन गरिएको छ ।”

विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षणमा मन्त्रालय, मातहतका विभाग तथा विदेशस्थित नियोगहरू परिचालित रहेको उनले बताए । विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान, कानूनी उपचार, तथा उद्धारका कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जानकारी गराए ।

श्रम गन्तव्य भएका युरोपेली मुलुकहरूमा समेत नेपाली राजदूतावास खोल्ने विषयमा प्रारम्भिक छलफल भइरहेको उनले बताए । उनले ४९ बुँदे विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्