site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
म कांग्रेसभित्र कुनै तरंग ल्याउने पक्षमा छैन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो पार्टीभित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फाली दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन,” उनले भने, “त्यसकारण म त्यतापिट्ट बिल्कुलै जान चाहन्नँ ।”

कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उनको भनाइ छ ।

‘देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको’ भन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले ‘कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ?’ भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई युवकको ज्यान गएको ओलीको भनाइ थियो ।

आफ्नो पार्टीले राष्ट्रियता, सुशासन, समृद्धि र विकासका प्रश्नमा राजनीतिक दलहरूसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको उनले दोहोर्‍याए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्