site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘मलाई गालीगलौज गर्नेहरू योगको संगतमा आए मान्छे बन्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताएका छन् ।  

शनिबार ललितपुरमा ११औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले कसैप्रति वैरभाव नराखेको बताए । आफू सधैँ प्रसन्नचित्त रहने गरेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताए । उनले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने प्रष्ट पारे । 

गालीको मिसन चलाउनेहरू योगको संगतमा आए मान्छे बन्ने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले योगले मनलाई स्थिर गर्ने बताए । उनले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे । –न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्