site stats
बाह्रखरी :: Baahrakhari
देश
भीमफेदी–कुलेखानी–दक्षिणकाली सडकखण्ड बन्द
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्