site stats
बाह्रखरी :: Baahrakhari
खेल
आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणमा १२ टोली

काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणमा १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा आयोजकले बिहीबार आठ ‘ए’ डिभिजन, दुई विदेशी, एक मोफसल र एक आयोजक गरी १२ टोलीले सहभागिता जनाउने जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माघ ९ देखि २० गतेसम्म हुने प्रतियोगितामा ‘ए’ डिभिजनका चर्च ब्वाइज युनाइटेड, साविक विजेता संकटा, मछिन्द्र, त्रिभुवन आर्मी, मनाङ मर्स्याङदी, नेपाल पुलिस, थ्री स्टार, जावलाखेल युथ क्लब, विदेशी टोलीमा भारतको आइ लिग खेल्ने दिल्ली एफसी, भुटानको पारो एफसी, मोफेसलको राइजिङ स्टार एफसी, तथा आयोजक सहारा क्लब पोखराको सहभागिता रहनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

Aaha-rara-1704958733.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्