site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् । उनलाई प्रहरीले २१ वर्षपछि सोमबार पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार विसं २०५९ फागुन २८ गते अंशसम्बन्धी विषयमा झगडा हुँदा उनले आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसेर हत्या गरेका थिए । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले उनलाई सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागी केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २३:२२
प्रतिक्रिया दिनुहोस्