site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा ‘मध्यम’ वर्षा, पश्चिमतर्फ सर्दै छ पानी पार्ने बादल

काठमाडौं । देशका केही स्थानमा शनिबार (असार ७) पनि वर्षा भएको छ । यति बेला (शनिबार अपराह्न ४ः५५ बजे) सिन्धुपाल्चोकका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, उक्त वर्षा गराउने बादल पश्चिमतर्फ सर्दै छ । कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका अरू केही स्थानमा समेत हल्का वर्षा भइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बाँकी प्रदेशका एक/दुई स्थानमा समेत हल्का वर्षा भइरहेको र थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्