site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रवन्धकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्रकुमार पौडेलसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले महाप्रवन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, नवौं तहका अधीकृत डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल तथा तत्कालीन प्राविधिक निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेरियवल फ्रिक्वेन्सी ड्राइभ ‘भीएपडी’ खरिद गर्दा आवश्यक र औचित्य नभएको खरिदमार्फत भुक्तानी समेत गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो । अख्तियारले खरिद गरिएको १६० किलोवाट भीएफडी प्यानल खरिद गरेको पाँच वर्षसम्म परीक्षण समेत नगरेको दाबी गरेको छ । 

अख्तियारले उनीहरुविरुद्ध २२ लाख ७८ हजार ३०५ रुपैयाँ ६० पैसा विगो कायम गरी दोब्बर जरिबाना माग गरेको छ । महाप्रवन्धक पौडेललाई थप सजायसमेत माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्