site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली भन्छन्– मैले अलि संयमित भएर बोल्नुपर्ने रहेछ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सदनमा संयमित भएर नबोलेको स्वीकार गरेका छन् । मंगलबार ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले आफ्नो बोली पुस्तकमा आउने भन्ने भए अलि संयमित भएर बोल्ने सुनाए ।

“अलि संयमित भएर बोल्नुपर्ने रहेछ । सावधानीको कमी हो । विचारको कमी होइन । मिसाइल ठिक ठाउँमा हानेको छु । एउटा हान्दा पुग्ने ठाउँमा कहिले पाँचवटा हानेको छु,” ओलीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा उनले ०६४ को चुनावमा आफूलाई हराएपछि पहिलो संविधानसभाबाट संविधान नबन्ने अन्तर्वार्ता दिइएको बताए । तर, संविधानसभाको १५ मिनेट बाँकी रहँदा आफ्नै अग्रसरतामा एक वर्षको अवधि थपेको दाबी गरे । 

उनले पहिलो संविधानसभामा संविधान बनाउने प्रतिबद्धता कसैमा नभएकाले संविधान नबनेको जिकिर गरे । 

“कब्जा गर्ने उद्देश्य थियो । संविधान बनाउनुपर्छ भन्ने कमिटमेन्टका साथ कोही थिएन । कसरी बन्छ संविधान ?,” ओलीले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्