site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार सरुभक्त र मुक्तककृति ‘आरब्ध’ पुरस्कृत 

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको अवसरमा चर्चित साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँ राशिसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ । 

त्यस्तै, प्रतिष्ठानले २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको सर्जक अनुराधा ढकालको ‘आरब्ध’लाई ३१ हजार रुपैयाँ नगदराशिसहित ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइलाले सर्जकहरूलाई पुरस्कार समर्पण गर्दै रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ लोकार्पण गरेका थिए । उक्त दुवै पुरस्कार मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले स्थापना गरेका हुन् ।

मुक्तक दिवसको अवसर पारेर सम्पन्न कार्यक्रममा मुक्तककारहरू दिनेश शर्मा, सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुलीलगायतले मुक्तक वाचन गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्