site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा ट्याक्टरसँग ठोक्कियो जिप, १० जना घाइते
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा आज साँझ जिप दुर्घटना भएको हो । 

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् । 

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २३:३९
प्रतिक्रिया दिनुहोस्