site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फिलिपिन्समा पहिरोमा पुरिएका पाँचजनाको मृत्यु, ४५ जनाको सकुशल उद्धार

मनिला, फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मंगलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।

जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेनाको पूर्वी कमान्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीनजनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै उपचारका लागि पठाउने तयारी भइरहेको छ । 

बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास जारी रहेको एपेक्स माइन्स फर्मलाई उद्धृत गर्दै उनले बताए । “घटनास्थल नजिकै रहेका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको छ,” म्यानुएलले भने “पहिरोका कारण कैयौ अन्य व्यक्ति प्रभावित भएका छन् ।

प्रवक्ताले भने “सडकहरू अगम्य छन् भने यस क्षेत्रमा कुनै फोन टावरको संकेत नरहेको कारण सेनाले रेडियो सम्पर्क स्थापित गर्न र खोजी र उद्धार कार्यमा मद्दत गर्न टोलीहरूलाई तैनाथ गरेको छ ।

प्रान्तीय प्रकोप रोकथाम एजेन्सीका एड मकापिलीले रेडियो अन्तर्वार्तामा जनाएअनुसार बुधबार बिहानै पहिरोमा परेकाहरूको उद्धार कार्य पुनः सुरु गरिएको छ । दाभाओ दि ओरो प्रान्तको तटीय खानी शहर माकोको एउटा खानीस्थल नजिकै स्थानीय समयअनुसार मंगलबार साँझ ७ः५० बजे पहिरो गएको थियो ।

गत जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्