site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्चले माग्यो स्काउट निर्वाचन रोकिएको निर्णयका कागजात

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचनका विषयमा भएका निर्णयका कागजात झिकाउन आदेश गरेको छ ।

न्यायाधीशहरू सपनाप्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले आज निर्वाचन प्रक्रिया रोक्ने विषयमा प्रधानमन्त्रीबाट पुस १७ मा भएको निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र निर्वाचन समितिको निर्वाचन गराउन नसकिने निर्णय झिकाउन आदेश गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, यही माघ २३ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अल्पकालीन आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई माघ २५ गते (बिहीबार) आउन भनेको थियो ।

बिहीबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको इजलासमा परेको स्काउटको मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

शुक्रबार न्यायाधीहरू मल्ल र सुवेदीको इजलासले अन्तरिम आदेशबारे कुनै निर्णय गरेको छैन ।

स्काउटको निर्वाचन स्थगित भएपछि तदर्थ समितिका संयोजक तथा प्रमुख आयुक्त लोकबहादुर भण्डारीले माघ २१ गते मुद्दा दायर गरेका थिए ।

Scout-1707478653.png
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्