site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्‍यो : वामदेव गौतम
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाएका छन् ।

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारूढ गठबन्धनसँग आत्मसमर्पण गरेर आयोगले निर्वाचन गराएको उनको भनाइ छ । उनले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई वैधानिकता दिएकाले त्यसको भागिदार आफैँ बन्नुपर्ने बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाइ थियो ।

उनले संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराए ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्