site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भंग गर्‍यो कर्णाली प्रदेशका समिति र विभाग, केन्द्रमा पनि जिम्मेवारी हेरफेर
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा तीन महिने विशेष अभियान चलाउने भएको छ । आइतबार बसेको रास्वपाको सचिवालयको बैठकले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने ‘कर्णाली विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको हो । 

अभियानमा सदनमा कर्णालीका मुद्दालाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमलाई व्यापकरूपमा अगाडि बढाउने निर्णय गरेको रास्वपाले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले पार्टीको विभिन्न केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर समेत गरेको छ । पवन देवकोटालाई उपप्रमुख, केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको जिम्मेवारी दिइएको छ । ज्ञानेन्द्र महतारा सदस्य, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा मनोनित भएका छन् । 

केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, गणेश पौडेललाई केन्द्रीय मानव अधिकार विभागको सदस्य बनाइएको छ । दीपक विश्वकर्माले केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी पाएका छन् । 

बाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रण सम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उक्त अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

424608340_379820398091294_9197694338616893722_n-1708311269.jpg


 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्