site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका थिए ।

भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटमा प्रधानमन्त्रीले सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेको लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले जानकारी दिए । अध्यक्ष ठाकुरले पार्टीमा छलफलपछि जवाफ दिने प्रधानमन्त्रीलाई बताएको उनले जानकारी दिए ।

“प्रधानमन्त्रीज्यूले सत्ता गठबन्धन र सरकारमा सहभागी हुनका लागि आग्रह गर्नुभएको रहेछ,” महामन्त्री डा. झाले बाह्रखरीसँग भने, “अध्यक्षज्यूले पार्टीमा छलफलपछि निर्णय लिने भन्नुभएको रहेछ ।”

सत्ता गठबन्धन भर्खरै फेरिएकाले लोसपाले पार्टीमा छलफल गरेर परिपक्व निर्णय लिने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्