site stats
बाह्रखरी :: Baahrakhari
खेल
सञ्चालनमा आउन नसकेको रौतहट एकेडेमीप्रति नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठको चासो 

काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रौतहटमा सञ्चालनमा आउन नसकेको महिला फुटबल एकेडेमीप्रति चासो देखाएका छन् । रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले महिला फुटबल एकेडेमीप्रति नवनियुक्त खेलकुदमन्त्रीले चासो राखेको बताए ।

“नवनियुक्त खेलकुदमन्त्रीज्युले एकेडेमीप्रति चासो देखाउनुभएको छ । उहाँको स्वकीय सचिवले फोन गरेर एकेडेमी कसरी सञ्चालनमा आउँछ भन्ने कुरा गर्नुभयो,” दर्लामीले बाह्रखरीसँग भने, “एकेडेमी सञ्चालनमा आउन नदिन केही तत्व लागेकै हुन् । तर, अबको केही समयपछि नै एकेडेमी सञ्चालनबारे निर्णय आउनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘फिफा फरवार्ड प्रोजेक्ट’ अन्तर्गत चार वर्षअघि एकेडेमीको निर्माण सुरु भएको थियो । त्यसको एक वर्षभित्रै एकेडेमी निर्माणको काम सम्पन्न भएको थियो । तर, २०७६ माघमा अखिल नेपाल फुटबल संघ (एन्फा)कै पूर्वकानुनी सल्लाहकार सुजित केसीले सर्वोच्चमा रिटमा अदालतले अन्तरिम आदेश जारी गरेपछि एकेडेमी सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दर्लामीले भने एकेडेमी आगामी वर्षभित्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

“अदालतको मुद्दा समाधानतर्फ छ । सम्भवतः आगामी वर्षभित्र एकेडेमी सञ्चालनमा आउनेछ । एन्फाबाट पनि यू–१४ टोलीलाई एकेडेमीमा राख्ने कुरामा छलफल भइरहेको छ । यसबारे चाँडै नै निर्णय आउनेछ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्