site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकार र मिटरब्याज संघर्ष समितिबीच चारबुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ ।

पीडितको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकाले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अनुचित लेनदेन (मिटरब्याज)विरुद्ध जाँचबुझ आयोग गठन गर्ने गरी सहमति भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहमतिपत्रमा आयोगको कार्यादेशअनुसार जाँचबुझ गरी सरकारसमक्ष प्रस्ताव पेस गर्ने, आर्थिक समस्याका कारण मिटरब्याजी साहु, महाजनका चङ्गुलमा पर्न नदिन शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता, राहत र क्षतिपूर्तिका लागि आगामी बजेटमा आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका तर्फबाट हाल चलिरहेको आन्दोलनका कार्यक्रम स्थगित गर्ने उल्लेख छ ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए ।

यस्तो छ सहमति

sahamti1-1710173028.jpg

sahamati_2-1710173027.jpg

 

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्