site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रोल्पाको सुनखानी उत्खनन गर्न सांसदको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी छन्  शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यहाँ दुई सुनखानी रहेको बताइन् ।

“धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु– हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन्,” उनले भनिन्, “पहिला रोल्पालीहरूले त्यहीँको सुन चालेर प्रयोग गर्थे ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले उत्खनन नगर्दा सुनखानी अलपत्र परेको उनको भनाइ छ । त्यहाँबाट उत्खनन गर्न सके बाहिरबाट अवैध रूपमा आयात भइरहेको सुन रोकिने उनले उल्लेख गरिन् ।

“सरकारले त्यसको उत्खनन नगर्दा ती सुनखानीहरू अलपत्रजस्तै छन् । त्यसैले सुनछहरी, गामखोला, थगामखोलामा रहेका सुनखानी राज्यले तत्काल उत्खननको प्रक्रिया अगाडि बढाओस्,” उनले भनिन्, “बाहिरबाट अवैध रूपमा आयात भइरहेको सुन रोकियोस् ।”

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्