site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।

शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आगामी सोमबार नै सार्वजनिक तयारी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिए ।

"हामीले पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शीर्ष नेताहरूलाई बुझाएको छौँ । उहाँहरूको बैठक बसी यसलाई अन्तिम रूप दिए सकेसम्म सोमबार सार्वजनिक गरिनेछ । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ," उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्