site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिन ८७.२८ प्रतिशत मतका साथ राष्ट्रपतिमा विजयी 

काठमाडौं । रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । उनले ८७.२८ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । 

रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले सोमबार साँझ सबै मतगणना सकिएको र पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जितेको जनाएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्युनिष्ट पार्टीका उमेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गरे । 

लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहे । रुसको राष्ट्रपति निर्वाचन नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उमेदवारले विजय सुनिश्चित गर्छ । 

सीईसीकी प्रमुख एला पाम्फिलोभाले ७७.४४ प्रतिशत मतदान भएको बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्