site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली अस्पतालमा इरानले गर्‍यो मिसाइल आक्रमण
तस्बिर : रोयटर्स ।

काठमाडौं । दक्षिणी इजरायली सहर बीयरशेबास्थित सोरोका अस्पतालमा इरानी मिसाइल प्रहार गरिएको एपी र स्थानीय मिडियाले जनाएका छन् । आक्रमणपछि अस्पताल प्रशासनले उपचारका निम्ति नआउन अपिल गरेको छ ।

इजरायली आपत्कालीन सेवा मागेन डेभिड एडोम (एमडीए)का अनुसार, इरानको उक्त आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमडीए प्यारामेडिक योसी शिलोले आफ्नो टोलीले निर्माणाधीन भवनमा व्यापक विनाश देखेको बताएका छन् ।

इजरायली सेनाका एक अधिकारीले इरानले योपटक नागरिक बसोबास गर्ने क्षेत्रका तीन अरू स्थानमा पनि आक्रमण गरेको बताएका छन् ।

इजरायली सेनाका अधिकारीका अनुसार, यो आक्रमणअन्तर्गत दर्जनौँ मिसाइल प्रहार गरिएको थियो । र, इजरायलभरि साइरन बजेको थियो । अरू सहरहरू तेल अभिभ र जेरुसेलममा पनि विस्फोटको आवाज सुनिएको छ ।

इजरायली उपविदेशमन्त्री शारेन हास्केलले सोरोका अस्पतालमा इरानी आक्रमणलाई जानाजानी गरिएको आपराधिक कार्य भनेकी छन् ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले आक्रमण गरिएको स्थान सैनिक क्षेत्र नभएर एउटा अस्पताल र प्रमुख चिकित्सा केन्द्र भएको बताइन् ।

उनले अस्पतालभित्र क्षति भएको देखिने भिडियो पनि सेयर गरेकी छन् । यसविरुद्ध विश्वले आवाज उठाउनुपर्नेमा उनले जोड दिएकी छन् । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्