site stats
बाह्रखरी :: Baahrakhari
देश
होलीमा सुरक्षा : काठमाडौंमा ९० ठाउँमा ‘चेकिङ’, ड्रोनबाट निगरानी
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार (भोलि) पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ ।

होलीको निम्ति प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले मर्यादित रूपमा होली पर्व मनाउन आग्रह गरे । विगतका घटनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको उनले बताए ।

काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा ‘चेकिङ’को व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनले सम्भावित घटना हुन नदिन भीडभाड हुने ठाउँमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएको बताए । होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको उनले उल्लेख गरे ।

होली खेल्न नचाहनेलाई जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै उनले सुरक्षित र संयमित भएर पर्व मनाउन अनुरोध गरे ।

नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्री नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न उनले आग्रह गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्