site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘विराट गोल्ड कप’को मुख्य प्रायोजक एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले कोसी प्रदेशमा आयोजना हुन लागेको ‘विराट गोल्ड कप फुटबल’लाई मुख्य प्रायोजन गर्ने भएको छ । बैंक र आयोजक विराट गोल्ड कप फुटबल ट्रस्टबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराट गोल्ड कप वैशाख १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गइरहेको छ ।

प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाव पुलिस टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले नगद ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्