site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘सी’ डिभिजन लिगको कुल खर्च साढे तीन करोड, विजेताले १० लाख पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । 

बिहीबार (भोलि) देखि सुरु हुने प्रतियोगिताको पूर्वसन्ध्यामा एन्फाले पत्रकार सम्मेलनमार्फत विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने जनाएको हो ।

यस्तै, प्रतियोगिताको फेयर प्ले टिमले ५० हजार र अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, प्रतियोगिताको प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको कुल बजेट तीन करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

करिब तीन महिनासम्म सञ्चालन हुने लिगमा १४ टोलीको सहभागी छन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ९१ वटा खेलहरू हुनेछन् । सबै खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

तर, आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने एन्फाले जनाएको छ ।

प्रतियोगितामाको यस संस्करणमा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीबन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्यवम्भु क्लब, समाज कल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ ।

प्रतियोगितामा पहिलोपटक उपत्यका बाहिरका पाँचवटा टिमले सहभागिता जनाउँदै छन् ।

एन्फाले प्रतियोगिताको लागि मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएमसी स्पोर्ट्सलाई प्रदान गरेको छ । प्रतियोगिताको टिकट दर सामान्य प्यारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण प्राइम एचडी र क्यानडा–नेपाल युट्युब च्यानलबाट हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्