site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकारी प्रधानमन्त्रीले बोलेको कुरा नजिर हो, संसदीय समिति बन्दैन : परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कार्यकारी प्रधानमन्त्रीले बोलेको कुरा नजिर हुने बताएका छन् । सोमबार सभामुखले राखेको सदनका गतिरोध अन्त्य गर्ने छलफलमा सत्तापक्ष प्रतिपक्ष ‘पोजिसनिङ’ भएको विषय जानकारी दिँदै उनले रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नहुने बताए । 

“कार्यकारी प्रधानमन्त्रीले बोलेको कुरा नजिर हो,” प्रमुख सचेतक परियारले बैठकपछि भने, “कांग्रेसले कुरा बुझ्छ भोलि गृहमन्त्रीले विधेयक प्रस्तुत गर्नुहुन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसदीय छानबिन समिति नबनाउनेमा सत्तारुढ दल एक मत रहेको भन्दै समिति नबन्ने बताए । उनले सर्वाधिक मत पाएको व्यक्तिको मानवअधिकार कांग्रेसले अपहरण गर्न खोजेको दाबी गरे । “बालहठ जस्तो मिथ्या आरोपको भरमा समिति चाहिन्छ भन्ने कुटिल चाल हो,” परियारले भने, “नैतिकता बन्दी बनाउँदैनौँ । तर यो देशको चौथो ठूलो पार्टी उहाँहरूले सर्वाधिक मत ल्याएर जितेका सांसदको मानव अधिकार खारेज गर्ने कुरा उहाँहरूले गर्नुभयो, यो स्वीकार छैन ।” 

उनले आफूहरूले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भन्दै कांग्रेसले निषेध गरेको बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्