site stats
बाह्रखरी :: Baahrakhari
देश
टुँडिखेलमा मनाइयो घोडेजात्रा 

काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ । अघिल्ला वर्षहरूमाझैँ यस वर्ष पनि सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेको थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्