site stats
बाह्रखरी :: Baahrakhari
विदेश
४४ अर्ब डलर ठगी मुद्दामा भियतनाममा महिलालाई मृत्युदण्ड

काठमाडौं । भियतनाममा एक महिलालाई ४४ अर्ब अमेरिकी डलर ठगी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

६७ वर्षीय ट्रुङ माइ ल्यानलाई ११ वर्षको अवधिमा देशको सबैभन्दा ठूलो मध्येको एक बैंक लुटिएमने मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको हो ।उनी भियतनाममा आर्थिक अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका थोरै महिलामध्ये एक बनेकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रुङ माइ ल्यानलाई साइगन कमर्सियल बैंकबाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।उनले २७ अर्ब डलर फिर्ता गर्नुपर्ने फैसला समेत  होची मिन्ह सिटीमा रहेको अदालतले सुनाएको छ । अभियोजकहरूले उक्त रकम कहिल्यै फिर्ता हुन नसक्ने भनेका छन् ।कतिपयले मृत्युदण्ड सुनाइएको सजाय उनलाई रकम फिर्ता गर्न प्रोत्साहन गर्ने अदालतको तरिका भएको भनेका छन् ।

यस मुद्दामा दुई हजार ७०० जनाको बयान लिइएको र  १० राज्यका अभियोजक र करिब २०० वकिल संलग्न रहेको बताइएको छ । ट्रुङ माइसँगै ८५ जना प्रतिवादीलाई मुद्दा चलाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरेका थिए । यसलाई भियतनामको भ्रष्टाचार विरोधी अभियानको अहिलेसम्मकै विशेष फैसला भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्